प्रशिक्षक अलमुताइरीको राजीनामा आएको छैन : एन्फा



काठमाडौं । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको औपचारिक रुपमा राजीनामा नआएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षक अलमुताइरीले सामाजिक संजालमा स्टाटस लेखेपनि राजीनामा पत्र नबुझाएको बताए।उहाँले सामाजिक संजालमा लेख्नु भएको छ। तर, एन्फामा औपचारिक रुपमा राजीनामा आएको छैन, प्रवक्ता राईले भने।

सामाजिक संजालमा राजीनामा दिने घोषणा गरेपछि प्रशिक्षक अलमुताइरी एन्फा पुगेका थिए । उनले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल गरेका थिए। छलफलमा अध्यक्ष शेर्पाले उनलाई राजीनामा नदिन आग्रह गरेका थिए।

प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गरेका थिए । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका छन्। यस्तै प्रवक्ता राईले प्रशिक्षक अलमुताइरीको आरोपमा छानबिन हुने बताए।

प्रतिक्रिया दिनुहोस्