राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको तस्वीर जोडेर टिकटकमा भिडियो बनाउने व्यक्ति पक्राउ



काठमाडौँ : नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय झापासँग सहकार्यमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर जोडेर टिकटकमा भिडियो बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेचिनगर नगरपालिका-६ का ३८ वर्षीय सोमप्रसाद घिमिरे हुन् । घिमिरेलाई गत बिहीबार प्रहरीले पक्राउ गरि गत शुक्रबार काठमाडौं ल्याएको थियो।

उनीमाथि काठमाडौँ जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्