महोत्तरीमा बालकको शव पोखरीमा भेटियो



महोत्तरी। महोत्तरीमा एक बालकको शव पोखरीमा डुबेको अस्थामा फेला परेको छ । सदरमुकाम जलेश्वरबाट हराएका बालकको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जलेश्वर नगरपालिका-४ सुँगा बस्ने लक्ष्मी महतोका ४ वर्षीय छोरा आयुष घरदेखि ५ सय मिटर पूर्वरहेको पोखरीमा डुबेको अवस्थामा फेला परेका हुन । आइतबार साँझ ५ बजेदेखि हराएका बालक पोखरीमा डुबेको अवस्थामा भेटिएपछि उपचारका लागि जलेश्वर अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको महोत्तरीका प्रहरी प्रवक्ता एव डीएसपी प्रकाश बिष्टले जानकारी दिए।

मृतकको शव पोष्टमार्टम गरी परिवारजनको जिम्मा लगाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्