
सप्तरी : सेवाग्राहीसँग घुस लिएको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिकाकास्थित नापी कार्यालयका सर्भेक्षक पक्राउ परेका छन् । सर्भेक्षक दिपेन्द्र यादवलाई शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित सम्पर्क कार्यालयले पक्राउ गरेको हो ।
जग्गाको क्षेत्रफल सुधार गर्ने कार्यका लागि यादवले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।