टोकियो ओलम्पिक : चीनको अग्रता कायमै



काठमाण्डौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले अहिलेसम्म ६ स्वर्ण र एक रजतसहित कुल ११ पदक जितेको छ।

ओलम्पिकमा जापानले चीनलाई पछ्याइरहेको छ ।जापानले अहिलेसम्म पाँच स्वर्ण र एक रजत गरी ६ पदक जितेको छ । यस्तै, अमेरिका चार स्वर्णसहित १० वटा पदक जितेर तेस्रो स्थानमा छ ।दक्षिण कोरियाले दुई स्वर्णसहित पाँच पदक जितेको छ भने रसियन ओलम्पिक कमिटी, इटली, अस्ट्रेलिया, फ्रान्स, हङ्गेरी, ट्युनिसियाले एकरएक स्वर्ण जितेका छन्।

त्यसैगरी अस्ट्रिया, इक्वेडर,इरान, कोशोभो, नर्वे, थाइल्यान्ड र उज्वेकिस्तानले पनि एकरएक स्वर्ण पदक जितेका छन् ।नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएकामा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्