आजको मौसम : सुदूरपश्चिममा भारी वर्षाको सम्भावना



काठमाडौं । नेपालमा रहेको मनसुनी वायुको प्रभावले अहिले देशभर बदली र केहि स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यका लगायत वागमती प्रदेशका केहि ठाउँमा वर्षा भइरहेको मौषम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केहि स्थानहरुमा वर्षा हुने मौषमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार हिजो र आजको तुलनामा मंगलबार (भोलि)देखि मौसम सक्रिय रहनेछ ।

देशभरि नै पानी पर्ने सम्भावना रहेको र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना रहेको नगरकोटीले बताएकि छिन । आज प्रदेश–१ र सुदूरपश्चिममा वर्षा भारी वर्षा हुनसक्ने भएकाले पहिरोको जोखिम तथा तटीय क्षेत्रका बासिन्दालाई सजग रहन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्