रोकिराखेको बसमा अज्ञात समुहले गरे आगजनी



दाङ । दाङमा रोकिराखेको बसमा आगजनी भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ स्थित रानीघाट खोला नजिक रोकिराखेको एक बसमा अज्ञात समूहले गएराति आगजनी हो।

घोराही–तुलसीपुर सडकखण्डमा रा १ ख १८९२ नम्बरको बसमा आगजनी गरिको प्रहरीले जनाएको छ । राति साढे १ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिए ।

प्रहरीले राति नै आगो नियन्त्रणमा लिएको थियो । आगजनी गर्ने व्यक्तिको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्