दीपकको व्यङ्ग्य प्रहार ‘अब कॉग्रेस बिरूद्द लेखेर कम्यूनिष्ट हुने पालो आयो’



काठमाडौँ : कोरोना महामारीबीच प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार शिक्षा व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ राज्यमन्त्रीमा नियुक्ति गरेपछि सामाजिक सञ्जालमा आलोचनाको सामना गर्नु परेको थियो।

त्यस्तै हाँस्य अभिनेता दीपकराज गिरीले पनि सामाजिक सञ्जाल स्टाटसमार्फत लेख्दै कांग्रेसलाई व्यङ्ग्य प्रहार गरेका छन्। चलचित्र निर्माता समेत रहेका गिरीले कम्यूनिष्ट सरकारकाविरुद्ध लेख्दा उनलाई धेरैले कांग्रेसको भएको बताउदै अब कांग्रेस सरकारका विरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आएको जानकारी दिए।

उनि लेख्छन्, “कम्यूनिस्ट सरकार बिरूद्द लेखेर कॉग्रेस भइयो अब कॉग्रेस बिरूद्द लेखेर कम्यूनिष्ट हुने पालो आयो!
कॉग्रेसले सहि ठॉउमा सहि मान्छे लैजान्छ। “

प्रतिक्रिया दिनुहोस्