मकवानपुर गढीमा १५ श्ययाको अस्पताल निर्माण



हेटौडा : मकवानपुरगढी गाउँपालिका वडा न ६ स्थित डुम्रेकुनामा रु ६ करोड ५७ लाखका लागतमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको छ । पन्ध्र श्ययाको सो अस्पताल सङ्घीय सरकारको आर्थिक सहयोगमा निर्माण जारी रहेको गाउँपालिकाका इञ्जिनीयर सुवास अधिकारीले जानकारी दिए ।

अस्पताल बनाउन स्थानीयवासी नरबहादुर स्यागंतान तथा वीरबहादुर लुगङवाले नौ रोपनी जग्गा प्रदान गरेका थिए । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा अस्पतालको निर्माण , संरक्षण तथा व्यवस्थापनका लागि रु ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष विदुर हुमागाईले जानकारी दिए ।

अस्पताल नहुँदा उपचारका लागि हेटौंडा र चितवन जानुपर्ने बाध्यता छ । गाउँपालिकाले सुत्केरी भत्ताबापत रु पाँच हजार प्रदान गर्दै आएको छ । सङ्घीय सरकारले सुत्केरी भत्ताबापत रु दुई हजार ८०० दिँदै आएकोमा गाउँपालिकाले सुत्केरी भत्तालाई बढाएर रु पाँच हजार कायम गरेको अध्यक्ष हुमागाईले जानकारी दिए । गाउँपालिकाले गर्भवतीका लागि घरदैलो सेवासमेत प्रदान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्