कोरोना: मानसिक प्रभाव




काठमाडौ । विश्वलाइ नै आक्रन्त बनाएको कोभिड १९ ले सामाजिक दुरी मात्र बढाएको छैन चिन्ता , एक्लोपना , मानसिक , आर्थिक समस्या पनि त्यतिकै बढाएको छ । आफ्नो परिवार साथै नजिकको मानिससगँ भेट्न रमाइलो गर्न र खुशि साट्न नसक्दा मानिसमा सामाजिक र मानसिक प्रभाव पनि देखिन थालेको छ । समाजमा बस्ने, घुलमिलहुने ,अपासी समझदारीमा जीवन यापन गर्ने मानविय गुण हो । यो महामारीमा धेरैले आफ्नो रोजगारी गुमाए , ब्यापार व्यावसाय ठप्प जस्तै भयो परिवारसगै भेटघाट हुन सकेन एकान्तवासको अवस्था सिर्जना भयो । नपाउँदा र खुशियाली साट्न नसक्दा कामगर्ने अवस्था नहुदा र भएको रोजगारी गुम्दै जादा मानिसमा आर्थिक समस्याहरु बढ्दै गएका छन् । जसले गर्दा विभिन्न तथ्याङ्क अनुसार नेपाल लगाएत विश्वभरीनै कोभिड १९ कारण मानसिक रोग र आत्महत्याको संख्या बढ्ेको छ ।

नेपालकै अवस्थामा हेर्ने हो प्रहरीका अनुसार आर्थिक बर्ष २०७७÷०७८ मा जेठ मसान्त सम्म ६ हजार ४१७ जनाले आत्मा हत्या गरेका छन् । अगिपछीको अवस्था भन्दा लकडाउन सुरुभएपनि आत्माहत्या दर २० प्रतिशतले बढेको मनोविद् हरुको भनाइ छ । मनोविद् सनम पौडेलका अनुसार अहिले धेरै जस्तो मानिसहरु अस्पताल मानसिक समस्या लिएर पुग्ने गरेका छन् । उनी भन्छिन् ‘ एकबर्ष अगाडीसम्म विलासी जीवनशैली जिउँनेहरुलाइ अहिले सामान्य जिविकोपार्जन गर्न समेत धौधौ हुन थालेको छ । यो समयमा परिवारको साथ र सहयोगले धेरै महत्वपूर्ण भुमिका हुने पौडेल बताउँछिन् । नयाँ खालको वातावरणमा आफूलाइ कसरी घुलमिल हुने भन्ने कुरा अन्योल हुदा र उचित परामर्श नपाउँदा धेरै व्यक्ति मानसिक समस्याको शिकार भएका छन् ।

कोभिड १९ को कारण तपाइ हाम्रो जीवनशैलीमा परिर्वतन त ल्याएकै छ महिनौ अगाडीबाट कोरोनाको प्रभावले सुनसान देखिने काठमाडौमा आजभोली केही चहलपहल देखिन थालेको छ । बिस्तारै मानिसहरु आफ्नो काममा फर्किन थालेका छन् भने सडक सवारी साधनले अस्तव्यत भइसकेका छन् । सडक र बजारमा भिडभाड बढ्दै जादा कोरोनाको जोखिम पनि उत्तिकै बढ्दै गएको छ । अहिले पनी कोरोना संक्रमित हरुको संख्या दिनदिनै बढ्दै गएको छ । कोरोनाको प्रभाव देखिएपछि नेपालमा सरकारले पहिलो पटक २०७६ चैत्र ११ गतेबाट देशव्यापी लकडाउन गरेको थियो । करिब ८ महिना पछि केही खुकुलो भएको लकडाउन दोस्रो चरणको कोरोना पश्चात पुनः सुरु भयो जसका कारण मानिसहरुमा नैरश्यता सुरु भएको छ ।

पहिलो पटक कोभिड संक्रमणको सममा अलिअलि डर कौतुहलता थियो । तर अहिले संक्रमणको दर फैलिनेक्रम बढ्दो र लकडाउन थपिदै जादा मानिसहरुमा समस्या पनि बढ्दै जान थालेका छन् । मानिसहरु दिक्क मानिस घरबाहिर निस्कीन थालिसकेका छन भने लकडाउन अलि खुकुलो भएसगै अस्पतालका बेडहरु फेरी कोभिड का बिरामीले भरिभराउ देखिन्छन् । संक्रमण रोक्ने पहिलो उपाय होम क्वारेन्टाइन हो तर यसले नजानिदो ढंगले मानसिक समस्या पनि निम्त्याइ रहेको छ । धेरै मानिसहरुमा मानसिक दन्दको सिर्जना भएको छ कहाँ जाने ,के गर्ने अबको अवस्था कस्तो होला भन्ने चिन्ता लिएर धेरैले कष्टकर समय बिताइ रहेका छन् । यस्तो अवस्थामा भएका व्यक्तिलाइ सरकारले वेवस्ता गर्नु र उनीहरुको मनोबैज्ञानीक समस्या नबुझेको कारणले समस्या बढ्दै गएको देखिन्छ ।

घरभित्र थुनेर राखेपनि खानेकुरा सकिदै जादा भाडामा बस्नेहरुको प्रत्येक महिनाको भाडा बढ्दै जादा मानिसहरु चिन्तित हुन थालेका छन् । बिशेषगरी दिउसो काम गरेर साझविहानको छाक टार्ने सर्वसाधरणलाइ मानसिक तनाव धेरै नै छ । यस्तै तनावले चिट्चिटहापन हुने , भोक नलाग्ने , धेरै रिसाउने , मनमा डर पैदा हुने , दिमागले केही सोच्नै नसक्ने , उदास हुने र निन्द« नलाग्ने जस्ता मानसिक समस्याहरु देखापर्ने गरेका छन् । समयमै उचित परामर्श नगरेर ध्यान नपु¥याउने हो भने भोलीको दिनमा यसले निकै गम्भिर समस्या देखापर्ने मनोविद् हरुको भनाइ छ । सरकारले मानिसलाइ घरभित्र राखेर मात्र थुनेर नहुने र समस्यामा परेका हरुलाइ उचित सहयोग र परामर्श दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्