दिउँसो १ बजे बस्दै प्रतिनिधि सभाको बैठक, यस्तो छ कार्यसूची



काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो। आजको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन्।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने कार्यसूची रहेको छ । शोक प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्