आजको मौसम : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने



काठमाडौं । आज देशभरको मौसम बदली हुने र धेरै स्थानहरूमा पानी पर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक/ दुई स्थानमा भारी वर्षा हुन सक्ने छ ।

अहिले देशभर बदली रही प्रदेश १, बागमती र गण्डकीलगायत प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । भोलि देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने छ । प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ। बिहीबार देशभर बदली रहने छ भने धेरै स्थानमा पानी पर्ने छ ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । आगामी २४ घण्टामा देशका धेरै स्थानमा पानी पर्ने तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ। जसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्