गौरादहमा कृषि बजारको भवन शिलान्यास



झापा : कृषि उत्पादनका बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले झापाको गौरादहमा कृषि बजारको भवन शिलान्यास गरिएको छ । पाँच साना किसान सहकारी संस्थाका साझेदारीमा निर्माण गरिने कृषि भवनको मंगलबार गौरादह नगर प्रमुख रोहितकुमार साहले शिलान्यास गर्दै कृषि उत्पादनसँगै बजारीकरण गर्न कृषि भवन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

गौरादह–१ स्थित डिपु चौक रहने सो भवन बनाउन गौरादह, महरानीझोडा, जुरोपानी, कोहवरा र बैगुनधुरा साना किसान सहकारी संस्थाको रु २० लाख लगानी रहने जनाइएको छ । पाँचकोठे सो भवन छ महिनाभित्र निर्माण पूरा भइसक्ने गौरादह साना किसान सहकारी संस्थाका अध्यक्ष तुलसा भुजेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्