‘सरकार र सांसद दुवैसँग जनताका नयाँ अपेक्षा छन्’



काठमाडौं : प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि सभा सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन् । उनीहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

धारणा राख्ने क्रममा नेपाली कांग्रेसका सांसद् गगन थापाले पुनःस्थापित संसद्ले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको बताए । अध्यायको सुखान्तको लागि सरकार र सांसद दुवैसँग नयाँ अपेक्षाहरु रहेको उनले बताए। ‘संसद्लाई हेप्ने, अदालतलाई हप्काउने। न विधि मान्ने, न विज्ञानलाई पत्याउने। स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने। जनताको दुहाइ दिने तर आसेपासे पोस्ने। बाहिर सिंह जस्तो गर्जने, भित्र लम्पसार पर्ने। यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार। नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन’, थापाले भने।

नेकपा (एमाले)का गंगा चौधरीले संसदीय समितिमा वरिष्ठ नेता माधवकुमार नेपालबाट अर्का सांसद नारदमुनि रानालाई गरिएको दुर्व्यवहारको निन्दा गरेकी छन् । संसदीय मर्यादाविपरीत गरिएको दुर्व्यवहारले सिंगो थारु समुदायलाई चोट पुगेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्