पोर्नोग्राफी केसामा पक्राउ परेका कुन्द्रा अझै १४ दिन न्यायिक हिरासतमा



एजेन्सी– पोर्नोग्राफी केसमा पक्राउ परेका राज कुन्द्रालाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ ।

आज अदालतमा पेश गरिएका राजलाई मुम्बइको किला कोर्टले अझै थप १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको हो ।

यसअघि जुलाइ १९ मा पक्राउ परेका उनलाई अदालतले जुलाइ २३ सम्म पुलिस हिरासतमा पठाएको थियो । त्यसपछि २३ जुलाइमा अदालतले २७ जुलाइसम्मका लागि न्यायिक हिरासतमा जेल पठाएको थियो ।

राजमाथि पोर्न भिडियो बनाएको र ती भिडियोलाई ओटिटी प्लेटफर्ममा अपलोड गरेको आरोप छ । थप १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएपछि राजका वकिलले अदालतमा जमानतको लागि निवेदन दिएका छन् । निवेदनमा उनको जाँच सकिएकोले उनलाई जमानतमा रिहा गरिनुपर्ने आधार दिइएको छ । पुलिसले थप ७ दिन हिरासतमा राख्न माग गरेको थियो तर अदालतले १४ दिनको लागि हिरासतमा पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्