मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक



काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि स्थायी समिति सदस्यहरुको बैठक राखेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाइने बताइएको छ । अध्यक्ष प्रचण्डले सबै सांसदको मन्त्री बन्ने आकांक्षाका कारण छनौट गर्न समस्या भएपछि बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्