‘तिमी छौ र’मा रोमाण्टिक मुडमा देखिए पुर्ण र नन्दिता ( भिडियो )



काठमाडौं– म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गायक हिमाल सागरको स्वर, शब्द र संगीत रहेको छ। गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन्। अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेले छायांकन गरेका हुन्। भिडियो निकै स्तरिय बनेको छ।

भरत रेग्मीले सम्पादन गरेको भिडियोलाई बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।

म्युजिक भिडियोमा मोडल लम्साललाई नायिका नन्दिता केसीले साथ दिएकी छिन्। भिडियोमा नायिका केसी निकै खुलेकी छिन्। पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्