झलनाथको झटारो: ‘कांग्रेस खोजिरहेको थिएँ, सानेपाको चियापानमा भेटें’



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले धेरै पछि प्रतिपक्षी दल नेपाली कांग्रेसको सक्रियता देखिएको बताएका छन् । प्रतिपक्षी दल के गरिरहेको छ भन्ने जिज्ञासा भइरहेका बेला चियापान गरिरहेको भेटेको भन्दै नेता खनालले यसबाट आफू खुशी रहेको बताएका छन् ।

‘अपोजिसन पार्टी कता हरायो भन्ने लागिरहेको थियो । आज सानेपामा आयाँदा भव्यताका साथ चियापान कार्यक्रम गरिरहेको भेटेँ, मलाई खुशी लागेको छ’ उनले भने ।

नेता खनालले सत्तारुढ दल भने अहिले मुलुकलाई हाँकिरहेको दावी गरे । पार्टी अझै एकीकृत नभइसकेको भन्दै उनले नेपाल कम्युनिस्ट पार्टी एकीकृत भइसकेपछि बेग्लै गति आउने जिकिर गरे ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चियापानमा फरक फरक दलका प्रतिनिधिहरु भेटघाट गर्ने अवसर मिल्ने भएकाले सकारात्मक संस्कृति भएको बताए । ‘यसले आफ्नोपन विकास गर्न सहकार्यको विकास गर्न सहयोग गर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्