लुम्बिनी प्रदेशका तीन जसपा सांसदहरु कारबाहीमा



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशका तीन सांसदहरु कारबाहीमा परेका छन् ।

सोमवार निर्वाचन आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिएसँगै आज बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । आज बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महन्थ ठाकुर पक्षका ३ सांसदहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकले सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारबाही गरेको हो ।

यसअघि सरकारमा सहभागी भएका उनीहरुलाई पार्टीको हितविपरित काम गरेको भन्दै कारवाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्