गुल्मीको मुसीकोटमा जिप दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु



गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएकाे छ । मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु१ज- ४५६५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले दिएको जानकारी अनुसार जिप शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको थियो।

आज बिहान ११ बजेतिर भएको उक्त दुर्घटनामा तीन जनाको दुर्घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउन लागिएको एसपी भट्टराईले बताए।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएको घटनास्थलमै रहेका मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्