चार पूर्व सांसदले पुनर्बहालीको मागसहित दायर गरे रिट



काठमाडौं : प्रतिनिधि सभाका चार पूर्व सांसदले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । माओवादी केन्द्रका पूर्व नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले यस्तो रिट दायर गरेका हुन् ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो ।

पदमुक्त भएको तीन महिनापछि चारै जनाले बुधबार पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । त्यो रिटको प्रारम्भिक सुनुवाइ बिहीबारका लागि पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्