टोकियो ओलम्पिक: १ सय मिटर फ्रीस्टाइलमा गौरिकाको राष्ट्रिय कीर्तिमान



काठमाडौँ: टोकियो ओलम्पिक २०२० मा नेपालकी पौडी खेलाडी गौरिका सिंहले महिलाको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन्।

बुधबार टोकियो एक्वेटिक सेन्टरमा भएको हिट १ अन्तर्गत प्रतिस्पर्धामा गौरिकाले १ मिनेट ००.११ सेकेन्ड निकाल्दै तेस्रो स्थान हासिल गरेकी हुन् । २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा उनले आफैले बनाएको १: ००.६२ समयलाई सुधार गरेकी हुन्।

यद्यपि उनले सेमिफाइनलमा भने स्थान बनाउन सकिनन् । कुल ५२ खेलाडीमध्ये गौरिको यस स्पर्धामा ५१ औं स्थानमा रहिन्।

यसअघि नेपालका एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । हिट चरणमा एलेक्सले ५३।४१ सकेन्डको समय निकाले पनि एलेक्स हिट चरणबाटै बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस्