देश बचाउन राजेश हमालले गरे आग्रह



काठमाडौँ: अभिनेता राजेश हमाल अभिनित म्युजिक भिडियो ‘हामी देश बचाऔं’ सार्वजनिक भएको छ ।

जय कार्कीको स्वर रहेको यस गीतको भिडियोमा राष्ट्रियता तथा एकताको संदेश दिंदै देश बचाउन र देश बनाउन अपील गरिएको छ। निरेन श्रेष्ठ निदेशन रहेको गीतमा शब्द, संगीत समेत गायक अजयकै रहेको छ । हमालबाहेक शिशिर भण्डारी, मोडल दीपेन्द्र सोनाम, गीता ढुंगाना, कविता न्यौपाने, सुनिम गुरुङ, सरोन गुरुङ, एन्जेल गुरुङ, जोस्ना थापामगर लगायतको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्