भारतविरुद्धको दोस्रो टी-ट्वान्टीमा श्रीलंका विजयी



एजेन्सी । घरेलु टिम श्रीलंकाले दोस्रो टी-ट्वान्टी क्रिकेटमा भारतलाई पराजित गरेको छ । कोलम्बोमा बुधबार राति श्रीलंकाले भारतलाई ४ विकेटले पराजित गरेको हो । यस जितसँगै श्रीलंकाले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा भारत विजयी भएको थियो । भारतले दिएको १ सय ३३ रनको लक्ष्य श्रीलंकाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाको जितमा धनन्जय डी सिल्भाले अविजित रहदै ४० रन बनाए ।  मिनोद भानुकाले ३६ रन जोड्दा वानिन्दु हसरंगाले १५ रन बनाए । अभिष्का फर्नान्डोले ११ रन बनाउँदा कप्तान डसुन शनकाले ३ रन बनाएर आउट भए । चामिका करुनारत्ने १२ रनमा अविजित रहे । भारतका कुलदिप यादवले २ विकेट लिए। भुवनेश्वर कुमार, चेतन शाकरिया, वरुण चक्रवर्ती र दिपक चाहरले १/१ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो।

भारतका कप्तान शिखर धवनले सर्वाधिक ४० रन बनाए। देवदुत पडीकलले २९ रन जोड्दा रुतुराज गायकवाडले २१ रन बनाए । भुवनेश्वर कुमार १३ रनमा अविजित रहे। श्रीलंकाका अकिला धनन्जयले २ विकेट लिए। दुश्मन्था चामिरा, डसुन शनका र वानिन्दु हसरंगाले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्