काठमाडौंका सबै वडामा आजबाट भेरोसेल खोप लगाइँदै, क-कसले पाउँछन् ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट सबै वडाहरुमा कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ। आजबाट तोकिएका वडाहरुको केन्द्रमा भेरोसेल खोप कार्यक्रम सञ्चालन हुन लागेको हो।

पहिलोमात्र छुट भएका ५० वर्ष वा सोभन्दा माथि सबै उमेर समूहका नागरिकलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ। महानगरले एक सूचना जारी गर्दै जनस्वास्थ्य कार्यालयको पत्रअनुसार आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जनाएको हो। खोप लगाउन जाँदा नागरिकतालगायत परिचय खुल्ने प्रमाणपत्र साथमा राख्न महानगरले अनुरोध गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने छ ।

हेर्नुस् सूचना :

प्रतिक्रिया दिनुहोस्