ब्राजिल टोकियो ओलम्पिकको क्वाटरफाइनलमा



काठमाडौं । समूह ‘डी’ को बिजेता बन्दै ब्राजिल टोकियो ओलम्पिकको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा ब्राजिलको यू-२३ टिमले साउदी अरेबियाको यू-२३ टिमलाई ३-१ गोलले पराजित गर्दै अन्तिम आठमा पुगेको हो ।

ब्राजिलको जितमा रिचार्लीसनले दुई गोल गरे । यस्तै म्याथुएसले एक गोल गरे । साउदीका अब्दुलाह अल अम्रीले एक गोल फर्काए । यस समूहबाट आइभरी कोष्टले अन्तिम आठमा स्थान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्