राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए सपथ



काठमाडौं । नवनियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन्। बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपाध्यक्ष पौडेलले सपथग्रहण गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाले उपाध्यक्ष पौडेललाई सपथ गराएका हुन।

साथै योजना आयोगका सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर लिम्बु पनि नियुक्त भएका थिए। उनीहरूलाई मन्त्रिपरिषदको गत साउन १२ को बैठकले आयोग सदस्यमा नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्