निर्मला हत्याबारे सेनामाथि पनि अनुसन्धान गरिने



काठमाडाैं : दुई महिना हुन लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बालत्कारपछि हत्या घटनाको अनुसन्धान शून्यमै छ । अनुसन्धान लाम्बिँदै जाँदा घटना झनै रहस्यमय बन्दै गएको छ । 

प्रहरीले सुरुवाती अनुसन्धानमा लापबाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसकारण अनुसन्धान डीएनए र पोस्टमार्टमा रिपोर्टमा भरपर्नुपरेको छ । निर्मलाको पोस्टमार्ट रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ ।

सेती अञ्चल अस्पतालमा भएको पोस्टमार्टममा मृत्युको कारण घाँटी अठ्याएर भन्ने उल्लेख छ । बलात्कारपछि आफ्नो पहिचान खुल्ने डरले बलात्कारीले घाँटी अठ्याएर हत्या गरेको हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । पोस्टमार्टमा रिपोर्टमा शरीरका अन्य भागमा चोटपटक देखिन्न । 

रिपोर्टअनुसार १० साउनमा साँझ करिब ५ बजेतिर उनको हत्या भएको देखिन्छ । 

त्यस्तै घटनास्थलबाट नजिकै सेनाको २५ नम्बर बाहिनीमा रहेका सैनिकमाथि समेत प्राविधिक रुपमा अनुसन्धान केन्द्रित गरिएको छ । तर, पचात्रार भने भइनसकेको प्रहरी स्रोत बताउँछ । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकबाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहोस्