भुइँमा बसेर खाना खाँदै गरेको मीराबाईको फोटो भाइरल



एजेन्सी– भारतीय भारोत्तोलक मीराबाई चानूले टोकियो ओलम्पिकमा इतिहास रचिन् । उनले ४९ केजी श्रेणीमा रजत पदक जितिन् ।

यस जीतसँगै भारतले पदक तालिकामा आफ्नो खाता खोलेको थियो । मीराबाई चानू २०१६ को रियो ओलम्पिक पछि पूरै हार मानिसकेकी थिइन्। तर टोकियोमा उनको जीतले उनले कहिले पनि हार नमानेको सन्देश दिएको छ । उनको जीतसँग देशभरमा खुशी को वातावरण छ । देशभरका महिलाहरूले उनलाई आफ्नो आदर्शका रूपमा हेरेका छन् ।

यही समयमा मीराबाईको एक फोटो यस सोशल मिडियामा धेरै भाइरल भइरहेको छ । जसलाई देखेर यो प्रष्ट हुन्छ गरिबी र जोसका बीच मानिस कुनै पनि परिस्थीतिको सामना गर्न सक्छ ।

मानिसहरूले त्यस तस्वीरमा धेरै टिप्पणीहरू गरिरहेका छन् र मीराबाईको हिम्मतको प्रशंसा पनि गर्दैछन् । एक प्रयोगकर्ताले लेख्यो, ’प्रेम, सम्मान, गर्व, हामीसँग तपाईं जस्तो खेलाडी छ ।’

अर्कोले लेखेका छन्– ‘साहस र गरिबीको बीचमा इश्वरले पनि हार मान्छन् ।’

प्रतिक्रिया दिनुहोस्