सुन–चाँदीको मूल्य आज पनि बढ्यो



काठमाडौँ : नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ३०० ले बढेको सुनको भाउ बिहीवार पनि सोही अंकले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार १०० मा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला रू. १ हजार २५५ मा कारोबार भएको चाँदी बिहीवार रू. १५ ले बढेर रू. १ हजार २७० खरीदविक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्