काँग्रेस ८, माओवादी केन्द्र ७ र जसपाले ७ मन्त्रालय पाउने सहमति



काठमाडौं : सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिने निष्कर्षमा पुगेका छन् । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी तत्काल काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् ।

विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले सात र जसपाले सात मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको छ । बाँकी तीन राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने अझै तय भइसकेको छैन । आजै साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्ने गठबन्धनको बैठकले यसलाई अनुमोदन गरेर मन्त्रिपरिषद विस्तार गरिनेछ । आफ्नो भागमा परेका मन्त्रालयमा पठाउने व्यक्तिको सूची तयार गर्न सम्बन्धित दलहरु गृहकार्यमा जुटिसेकका छन् ।

प्रतिक्रिया दिनुहोस्