टोकियो ओलम्पिकमा चीनको विश्व कीर्तिमान



काठमाडौँ– जारी टोकियो ओलम्पिकमा चीनले नयाँ कीर्तिमान बनाएको छ । चीनले पौडीको महिला ४ गुणा २०० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमानसहित स्वर्णपदक जितेको हो । बिहीबार चीनले ७:४०.३३ मिनेटको समय निकाल्दै विश्व कीर्तिमानसहित स्वर्ण जितेको हो ।

टोकियो एक्वेटिक सेन्टरमा जितेको यस स्वर्णले चीनलाई पदक तालिकामा शीर्ष स्थानमा समेत पुर्‍याएको छ । यस स्पर्धामा यसअघि अष्ट्रेलियाले ७:४१.५० मिनेटको कीर्तिमान बनाएको थियो । याङ जुनछुवान, ताङ मुहान, झाङ युफी र ली बिङजी रहेको चिनियाँ टोलीले अमेरिकालाई पछि पार्दै स्वर्ण जितेको हो ।

अमेरिकाले ७:४०.७३ मिनेटसहित रजत जित्दा अष्ट्रेलियाले ७:४१.२९ मिनेटसहित कास्यपदक जितेको छ ।ओलम्पिकमा चीन हाल १४ स्वर्णसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको जापानको १३ स्वर्ण छ ।

प्रतिक्रिया दिनुहोस्