पूर्व पोर्नस्टार मिया खालिफाले गरिन् सम्बन्ध विच्छेद



एजेन्सी: पूर्व पोर्नस्टार मिया खालिफाले आफ्नो स्विडेनी पति रोबर्ट सेन्डबर्गसँगको दुई वर्षको सम्बन्ध समाप्त गर्ने निर्णय गरेका छन्। मिया खालिफा र रोबर्टले दुई वर्ष पहिले सगाई गरेका थिए। उनले सम्बन्ध विच्छेदको खबर इन्स्टाग्राममार्फत दिएकी थिइन् ।

उक्त इन्स्टाग्राम पोस्टमा खालिफाले वैवाहिक जीवनलाई सफल बनाउनको लागि थेरापीलगायत विभिन्न कुराको प्रयास गरेको बताए। यद्यपि उनले अब बिछोड गर्ने निर्णय गरेका हुन् तर उनीहरू जीवनभरी साथी रहने र एक अर्कालाई प्रेम र सम्मान गर्नेपनि बताइन्।

खलीफाले लकडाउन कारण नभई ‘अपत्यारणीय’ र ‘मौलिक भिन्नता’ ले सम्बन्ध विच्छेद निम्ताएको जानकारी दिइन्। उनी र स्यान्डबर्गले आफ्नो जीवनको यस अध्यायलाई कुनै पछुतो नगरी बन्द गर्दैछन् र दुवै उनीहरुको परिवार, साथी र कुकुरमार्फत जोडिने बताए ।

“हामी निर्धक्क भई भन्न सक्छौं कि हामीले आफ्नो वैवाहिक जीवनको लागि सब थोक दिएका थियौं, तर थेरापी र प्रयासको झन्डै एक वर्ष पछि हामी अर्कामा साथी भएको थाहा पाएर हिंड्यौं र हामीले प्रयास गरेका थियौं,” उनले लेखिन्।

प्रतिक्रिया दिनुहोस्