महिला युथ फोर्स घोषणा गर्दै एमाले



काठमाडौँ : नेकपा एमालेले महिला युथ फोर्स गठन गर्ने तयारी गरेको छ । सरकारबाट बाहिरिने वित्तिकै युथ फोर्स ब्युँताएको एमालेले बृहत् युवा महिला भेला गरेर महिला युथ फोर्स घोषणा गर्ने तयारी गरेको छ ।

साउन २३ गते काठमाडौँमा बृहत् भेला गर्ने र त्यस दिन उपत्यकास्तरीय महिला युथ फोर्स घोषणाको तयारी गरिएको हो । राष्ट्रिय युवा संघ नेपालले बृहत युवा महिला भेला गरेर महिला युथ फोर्स घोषणा राष्ट्रिय सभागृहबाट गर्न लागेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बृहत युवा महिला भेला र महिला युथ फोर्स घोषणा गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्