भन्सार छलेर ल्याउँदै गरेको ९८ बोरा चिनी बरामद



कञ्चनपुर : वेदकोट नगरपालिका–१०, दैजी–बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैध रूपमा मिनिट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ ।

चोरी–पैठारी गरी ट्रकमा चिनी ओसारपसार भइरहेको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले चिनीसहितको ट्रक बरामद गरेको हो ।

सुपप्र०१००१क १९०१ नम्बरको ट्रकमा अवैध रूपमा ल्याइएको ९८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । चिनीसहितको मिनिट्रक र चालक भरत विष्टलाई कानुनबमोजिम आवश्यक कारबाहीका लागि गड्डाचौकी चौकी भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्