आज प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीवार रू. ३०० ले बढेको सुनको मूल्य शुक्रवार रू. ५०० बढेकोे हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ९०० मा कारोबार भएको छ ।

बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीवार प्रतितोला रू. १ हजार २७० मा कारोबार भएको चाँदी शुक्रवार रू. १५ ले बढेर प्रतितोला रू. १ हजार २८५ मा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्