एमालेले नेता–कार्यकर्तालाई खिर ख्वाउँदै, माधव पक्ष नजाने



काठमाडौँ : नेकपा एमालेले आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खिर खाने कार्यक्रमको आयोजना गरेको छ । दिउँसो २ देखि ३ बजेका लागि खीर खाने कार्यक्रमको आयोजना गरिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले साउन १५ गतेलाई खिर खाने दिनलाई सम्झेर नेता कार्यकर्तालाई बोलाएर खुवाउने भएको हो । खिर खाने कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालपक्ष भने नजाने भएको छ ।

खिर खाने कार्यक्रम राखिएपनि आफूहरुलाई थाहा नभएकाले नजाने केन्द्रीय सदस्य निरज आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्