पूर्वमन्त्री शाहले महिलामाथि अश्लिल हर्कत गरेको सांसद कुमारीले लगाइन् आरोप



काठमाडौं– प्रतिनिधि सभा सदस्य दील कुमारीले पूर्वमन्त्री प्रभु शाहले सिंगो नेपाली महिलामाथि अपमान गरेको बताएकी छन् ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले पूर्वमन्त्री शाहले महिलाको सभ्यतामाथि आक्रमण गरेको र चरित्र हत्या गरेको बताइन् । उनले समाजको आधुनिकतावादमा शाहले लसटको खेती गरिरहेको आरोप लगाइन् ।

उनले भनिन्, “पूर्व मन्त्री प्रभु शाहजीले सिंगो नेपाली महलिामाथि अपमान गर्नुभएको छ, महिलाको सभ्यतामाथि आक्रमण गर्नुभएको छ, चरित्र हत्या गरिएको छ, पूर्व मन्त्री प्रभु शाहको अश्लिल हर्कतको बारेमा केही कुरा भन्छु, पूर्व मन्त्री प्रभु शाह विगत २ वर्षदेखि मदानी मेला लगाउँदै हुनुहुन्छ, के समाजवादमा पुग्ने यही बाटो हो ? उहाँले समाजको आधुनिकतावादमा लुटको खेती गर्दै हुनुहुन्छ ।”

प्रतिक्रिया दिनुहोस्