जसपाको लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त



काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त भएका छन्।

शुक्रबार प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएको जनाएको छ। जसपा केन्द्रीय कार्यालयको निर्णय अनुसार, तीनै जना पद मुक्त भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, “निजहरूलाई निष्कासन गरेको जानकारीको व्यहोरा कार्यान्वयनका लागि अनुरोध छ भन्ने व्यहोराको सूचना प्राप्त हुन आएकोमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा २ तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १९१ बमोजिम हाल प्रदेश सभाको बैठक चालू नरहेकाले माननीय सभामुखज्यूले यो सूचनापत्र सचिवालयको सूचना पार्टीमा टाँस्न लगाउनुभएको व्यहोरा जानकारीका लागि अनुरोध छ।”

प्रतिक्रिया दिनुहोस्