सर्वोच्चमा महन्थ ठाकुरको अर्को रिट



काठमाडौं– निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता सम्बन्धमा गरेको निर्णयविरुद्ध महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

उपेन्द्र यादवलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय खारेजीको मागसहित महन्थ पक्षले सर्वोच्चमा रिट दायर गरेको हो। उक्त रिटको पेशी आइतबारका लागि तोकिएको छ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४३, ४४, ४५, ५१ र प्रमाण ऐन, २०३१ द्वारा प्रदत्त कानूनी हकमा आघात पुगेकोले नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणको आदेशद्वारा बदर गरी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम जनता समाजवादी पार्टी, नेपालको तर्फबाट मिति २०७८ असार १ गते पेश भउको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी मान्यता प्रदान गर्नु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश लगायत अन्य जुनसुकै उपयुक्त आदेश जारी गरी पाउँ,’ रिट निवेदनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्