थप ३६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि



काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक अनुसार १४ हजार ६६१ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा संक्रमितको कुल संख्या सात लाख ५३ हजार नाघेको छ।

त्यसैगरी २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ९ हजार ८३४ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्