लुम्बिनीकी माओवादी सांसद विमला वली सम्पर्कविहीन



काठमाडौँ : लुम्बिनी प्रदेशसभा सदस्य विमला वली सम्पर्कविहीन भएकी नेकपा माओवादी केन्द्रले जनाएको छ । नेकपा हुँदा सूर्य चिह्नबाट चुनाव जितेकी वलीले पार्टी विभाजनपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

सांसद वली शुक्रवार बिहानदेखि सम्पर्कविहीन रहेका लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख अमिक शेरचन आएपछि सरकार परिवर्तनको खेल हुनसक्ने चर्चाबीच सांसद वली सम्पर्कविहीन भएकी जनाइएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर एमाले रोजेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्