अमेरिकन पौडीबाज ड्रेसेलले बनाए विश्व कीर्तिमान



काठमाडौँ : अमेरिकन पौडीबाज काएलेब सेलेब ड्रेसेलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा १०० मिटर बटरफ्लाईमा नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितेका छन् । शनिवार भएको फाइनलमा उनले ४९.४५ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जिते ।

उनले सन् २०१९ को वर्ल्ड च्याम्पियनसिपमा आफैंले बनाएको ४९.५० सेकेण्डको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । हंगेरीका क्रिस्टोफ मिलिकले ४९.६८ सेकेण्ड सयसहित रजत जिते भने स्वट्जरल्याण्डका नोए पोन्टीले ५०.७४ सेकेण्ड समयसहित कास्य जिते ।

यसपटक १०० मिटर बटरफ्लाइमा रियो ओलम्पिकमा पदक जितेका कोही खेलाडी फाइनलमा थिएनन् । त्यसैले यस पटक पदक जित्ने सबै नयाँ खेलाडी रहे । २४ वर्षीय ड्रेसलले टोकियोमा जितेको यो तेस्रो पटक हो ।

यसअघि उनले चार गुणा १०० मिटर फ्रिस्टायल र १०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितिसकेका छन् । १०० मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्