सम्पर्कविहीन भनिएकी लुम्बिनी सांसद वली ‘बिरामी भएर’ घरमै



काठमाडौँ : शुक्रबार बिहानदेखि सम्पर्कविहीन रहेको भनिएकी लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) बिरामी रहेकोले उपचारमा रहेको माओवादी केन्द्रले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले वलीसँग सम्पर्क नभए पनि परिवारसँगको सम्पर्कबाट उनी बिरामी रहेको र उपचारमा रहेको जानकारी पाएको बताए। वली बिरामी रहेको जानकारी पाए पनि के भएको हो र कहाँ उपचार भइरहेको छ भन्ने जानकारी नभएको घर्तीले बताए ।

घर्तीमगरका अनुसार बिहीबार साँझसम्म सम्पर्कमा रहेकी वलीले शुक्रबार बिहानदेखि फोन उठाएकी छैनन् । शुक्रबार दिउँसोदेखि नै वली सम्पर्क बिहिन रहेको समाचार बाहिर आउन थालेपछि उनी बिरामी रहेको पारिवारिक स्रोतबाट जानकारी पाएको घर्तीले बताए ।

लुम्बिनी प्रदेश सभामा सत्तापक्ष अल्पमतमा रहेको र सत्ता जोगाउन प्रदेससभा सदस्यहरूलाई आफ्नो पक्षमा पार्न सरकार सांसद खरिद–बिक्रीमा लागेको विपक्षी गठबन्धनले आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्