देउवाजी वाचा पूरा गर्नुस्, खोप दिनुस् : माधव नेपाल



काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले महाकाली घटनाको छानबिन गर्न सरकारसँग आग्रह गरेका छन् । बबरमहलस्थित कार्की ब्याङकेटमा शनिबार अखिल फोर्सको वृहत भेलालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले भने–‘नेपाली युवा महाकाली नदीमा बेपत्ता भएको छ, यदि भारतका सुरक्षाकर्मीले तुइन काटेको हो भने भारत सरकारले छानबिन गरोस् र कारबाही गरोस्, नेपाल सरकारले पनि कारबाही गरोस् ।’

कोरोना महामारी बढदै गएको छ, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्दछु, खोपको व्यवस्था होस्, तपाई वचन दिनुभएको छ, त्यो वाचा केवल बाचामै सीमित नहोस्, कार्यान्वयन गरेर देखाउनुस्, धेरैले बोल्छन् मात्रै काम गर्दैनन् त्यस्तो नहोस्–नेपाल नेपालले भने । घमण्डले पतन गराउँछ, मै सर्वेसर्वा, मेरो सामु अरु कोही छैन, इमान गुमाउने विश्वास गुमाउने एक दिन सिद्धिन्छ, उनले भने कतिपय नेताको पतन भएको उदाहरण छ ।

प्रतिक्रिया दिनुहोस्