टोकियो ओलम्पिक : विश्व कीर्तिमानसहित अमेरिकालाई स्वर्ण



काठमाडौं : जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत पौडीको पुरुष ४ गुणा १०० मिटर मिड्ले रिलेमा अमेरिकी टिमले स्वर्ण पदक जितेको छ। टोकियो एक्वेटिक सेन्टरमा आइतबार अमेरिकी टिमले ३:२६.७८ सकेन्डको कीर्तिमानी समय निकाल्दै स्वर्ण जितेको हो।

यस स्पर्धामा बेलायतले ३:२७.५१ सेकेन्डको समयसहित रजत जित्यो। यस्तै कास्य जितेको इटालीले ३:२९.१७ सेकेन्डको समय निकाल्यो ।महिलाको ४ गुणा १०० मिटर मिड्ले रिलेमा अष्ट्रेलियाले ओलम्पिक रेकर्डसहित स्वर्ण पदक जितेको छ।

अष्ट्रेलियाको महिला टिमले ३:५१.६० सकेन्डको समय निकाल्दै ओलम्पिक रेकर्डसहित स्वर्ण जितेको हो। अमेरिकाले ३:७१.७३ सेकेन्डसहित रजत जित्दा ३:५२.६० सकेन्डसहित क्यानडाले कास्य पदक जितेको छ।

प्रतिक्रिया दिनुहोस्