कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता



काठमाडौँ: कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन्।

कैलाली मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट चौकुने गाउँपालिका-४ मा जाने क्रममा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका–३ का २० वर्षीया पार्वती थापा, २० वर्षीया उर्मिला सलामीमगर र उनको १० वर्षीय छोरा हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीअनुसार १० जना सवार डुंगा खोप लगाउन कैलालीबाट सुर्खेत जानेक्रममा दुर्घटनामा परेको जानकरी दिएको छ । दुई जना दुर्घटनामा भएका छन् भने अन्य पाँच जना सकुशल रहेका छन्। प्रहरीका अनुसार घाइते हुनेमा मोहन्याल ३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण रहेका छन् । १९ वर्षीया धनसराको अवस्था गम्भीर रहेको छ भने कर्णको अवस्था सामान्य छ।

बाबियाचौर सुर्खेत र सुगरखाल कैलालीबाट प्रहरीको टोली घटनास्थल पुगी खोजि तथा उद्धार कार्यमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्