पोखरा-नेपालगन्जको नियमित उडान शुरु, चौध घण्टाको यात्रा ३५ मिनेटमै



काठमाडौँ: पोखराबाट नेपालगञ्जसम्म सडक मार्गको यात्राका लागि न्यूनतम १४ घण्टा छुट्याउनुपर्छ, त्यो पनि कुनै अवरोध नभएका अवस्थामा । लामो समयदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान गर्ने चर्चा चलिरहेका बेलामा पोखरालाई आधार बनाएर बुद्ध एयरले आजदेखि पोखरा–नेपालगञ्जको सिधा हवाई उडान भर्न थालेको छ । हवाई उडानबाट ३५ मिनेटमै गन्तव्यमा पुग्न सकिन्छ ।

पहिलो चरणमा हप्तामा तीन दिन आइतबार, बुधबार र शुक्रबार तीनवटा उडान भर्ने योजनाका साथ आजदेखि उडान शुरु गरिएको उक्त संस्थाका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए।

गत वैशाख १८ देखि नै पोखरा–नेपालगञ्ज सिधा उडान थाल्ने योजना बनाइए पनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को असरले उक्त योजना सञ्चानमा ल्याउन कठिन भएकामा हाल हप्ताका निर्धारित तीन दिन बिहान ९।१० बजे नेपालगञ्जका लागि उडान हुनेछ । त्यस्तै नेपालगञ्जबाट १०।०० बजेको उडानबाट यात्रुहरू पोखरा आउन पाउनेछन् ।प्रत्येक उडानका लागि टिकटदर सस्तोमा चार हजार ९३५ रुपैयाँ छ भने अधिकतम रू. सात हजार ६३५ छ । त्यस्तै मध्यमदरको टिकट पाँच हजार ५३५ रुपैयाँको छ ।

प्रतिक्रिया दिनुहोस्