सैनिक कारबाहीमा परी इजिप्टमा ८९ अतिवादी मारिए



एजेन्सी : इजिप्टको सेनाले पछिल्लो समयमा थप ८९ अतिवादी मारिएको दाबी गरेको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने उत्तर सिनाइमा भएको भिडन्तमा अतिवादी मारिएको सेनाले जानकारी दिएको छ ।

सुरक्षाकर्मीहरूले घटनास्थलबाट अतिवादी लडाकूहरूले प्रयोग गरेका विस्फोटक पदार्थ, सवारी साधन, हातहतियारलगायत बरामद गरेको पनि सेनाले जनाएको छ । अतिवादीहरूका गतिविधि न्यूनीकरण गराउने अभियानअन्तर्गत सुरक्षा कारबाही गर्दा उनीहरूको मृत्यु भएको सेनाद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

घटनामा परी सुरक्षाकर्मीतर्फ पनि केही क्षति भएको सुरक्षा स्रोतले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटना भएको क्षेत्रमा लामो समयदेखि हिंसात्मक गतिविधि हुँदै आएकाले नियन्त्रण गर्न सरकारले कडा कदम चाल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्