छिन्नमस्ता मन्दिरबाट चोरेको चाँदीको मुकुट भेटियो, एक जना पक्राउ



जनकपुरधाम : प्रसिद्ध शक्तिपिठ सप्तरीको छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट भेटिएको छ । उक्र मुकुटसहित प्रहरीले एक जना पक्राउ गरेको छ । विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का राजेश मण्डल पक्राउ परेका हुन् ।

आइतबार साँझ करिब ७ बजे छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता (शखरेश्वरी) भगवतीको चाँदीको मुकुट, नथिया र टीका चोरी भएको थियो ।

खोजतलास गर्ने क्रममा गाउँमा लुकेर बसेको अवस्थामा चोरी गरेको ७ सय ५० ग्राम २ आना चाँदीको मुकुट, २ आना सुनको नथिया र ३ आना सुनको टीकासहित मण्डललाई पक्राउ गरिएको सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्